चेल्सीद्वारा युभेन्टस पराजित



साविक विजेता चेल्सीले च्याम्पियन्स लिगको नक आउट चरणमा स्थान सुरक्षित गरेको छ । गएराति भएको खेलमा चेल्सीले युभेन्टसलाई चार शून्य गोलको फराकिलो अन्तरले पराजित गर्यो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीको जितमा एकेडेमीबाट उत्पादन भएका खेलाडीको प्रदर्शन उच्च रह्यो ।

२५ औं मिनेटमा ट्रेभो चालाबाले गोल गर्दै चेल्सिलाई अग्रता दिलाएका थिए । उनको सिजनको यो  तेस्रो गोल हो । सबै गोल चालाबाले स्टामफोर्डमै गरेका हुन्  । अल्भारो मोराटाले बराबरी गोल गर्ने मौका गुमाए । उनको प्रहार  चेल्सीका थिएगो सिल्भाले गोललाइनबाट बचाएका थिए । पहिलो हाफमा एक शून्यले पछि परेको युभेन्टसलाई दोस्रो हाफमा पनि चेल्सीले खेलमा फर्कन दिएन् ।

५५ औं मिनेटमा रिस जेम्सले टिमका लागि दोस्रो गोल  थपे ।  त्यसको दुई मिनेट पछि क्यालम हडसन ओडोइले युभेन्टसँगको दुरी तीन शून्यमा पुर्याए । इन्जुरी समयमा टिमो भेर्नरको गोल पछि थोमस टुखेलको टोलीले इटालियन साइड  युभेन्टस माथि चार शून्यको प्रभावशाली जित हात पार्यो । योसँगै पहिलो खेलमा बेहोरेको एक शून्य गोलको हारको बदला पनि लियो । खेल अवधिभर चेल्सीले ७३ प्रतिशत वल आफ्नो नियन्त्रणमा राखेको थियो युभेन्टस यसअघिनै नक आउट चरण पुगिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।