पाण्डेको कप्तानीमा क्रिकेट टोली घोषणा



गण्डकी । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले काठमाडौँमा आयोजना हुने ‘वाईवाई यु–१९’ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विष्णु पाण्डेको कप्तानीमा टोली घोषणा गरेको छ ।

गत कात्तिक २९ देखि मङ्सिर ४ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गण्डकीको टोली छनोट गरिएको हो । गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुका अनुसार १४ नियमित र चार वैकल्पिक खेलाडी छनोट गरिएको छ । टोलीको उपकप्तानको जिम्मेवारी सुभाष भण्डारीलाई दिइएको छ ।

छनोट भएका अन्य खेलाडीमा अर्जुन कुमाल, किरण पौडेल, दीपक डुम्रे, कमल परियार, सुदीप अर्याल, मिलन छेत्री, सुजन गौतम, सन्देश सुनार, सचिनराज अधिकारी, अभिषेक थापा, उत्सव श्रेष्ठ र प्रशान्त सिंह छन् ।

वैकल्पिक खेलाडीमा सन्दीप खत्री, स्वीकार श्रेष्ठ, विपीनराज न्यौपाने र समिर कँडेल छन् । टोलीको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक दिवाकर थापा छन् । १९ वर्षमुनिको राष्ट्रिय क्रिकेटका लागि खेलाडी छनोट गर्न पोखरामा आयोजना गरिएको प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा र नवलपुरका खेलाडी सहभागी थिए । उन्नाइस वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि राजधानी काठमाडौँमा सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको