ए डिभिजन लिगमा मछिन्द्रको विजयी सुरुवात



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएका खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दा साविक विजेता मछिन्द्रले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको १० मिनेट नबित्दै आर्मीका विवेक बस्नेतले बराबरी गोल फर्काएका थिए । बाँकी समयमा दुवै टोलीबाट गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो ।

दोस्रो खेलमा साविक विजेता मछिन्द्रले एनआरटीमाथि २–१ को जित निकाल्दा दुवै गोल सुनिल बलले गरे । खेलको १२औं मिनेटमा सुनिलले गरेको गोलसँगै अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा गोल खाएको थियो । ५४औं मिनेटमा एनआरटीका एरिक विष्टले फ्रि–किकमार्फत गोल गरेसँगै बराबरी भएको खेलमा मछिन्द्रलाई जित दिलाउन सुनिलले व्यक्तिगत दोस्रो गोल गरे ।

कप्तान सुनिलको पासमा ८०औं मिनेटमा सुनिलले ट्याप इनमार्फत विजयी गोल गरेका थिए । जितसँगै मछिन्द्रले तीन अंक हासिल गरेको छ । मछिन्द्रले दोस्रो चरणमा आर्मीसँग खेल्ने छ  भने एनआरटीले ब्रिगेड ब्वाइजको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आहा रारा गोल्डकपमा एपीएफको विजयी सुरुवात

पोखरा । पोखरामा आजदेखि शुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा

टी-२० विश्वकप छनोटका लागि १६ सदस्यीय टोली घोषणा

काठमाडौं । ओमानमा हुने टी २० विश्वकप छनोटका लागि नेपालले १६ सदस्यीय टोली

एपिएफलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौं । प्रधानमन्त्रीकप टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। बुधबार

कोरोनाका कारण रङ्गशालामा दर्शकविनै आहा ! रारा गोल्डकप

कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा