प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुने



काठमाडौं । पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ । नेपाली सेनाले सोमबार पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको हो ।

प्रतियोगितामा खुलातर्फ महिला र पुरुष गरी ४ प्रतिस्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा ७ वटा र एक अन्तर सरकारी प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्तर्राष्ट्रिय टेनिस संघ र राष्ट्रिय टेनिस संघको नियमअनुसार खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सबै खेलहरु आर्मी अफिसर्स क्लवको दुई वटा कोर्ट र दशरथ रंगशालामा रहेका दुई कोर्टमा सञ्चालन हुनेछन् । प्रतियोगिताका सम्पूर्ण खेलहरु कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डलाई पूर्ण पालना गरेर खेलाइने नेपाली सेनाले जनाएको छ । प्रतियोगितामा सहभागी खेलाडीहरुले कोरोनाबिरुद्धको खोप लगाएको हुनुपर्नेछ ।

खुलातर्फ विजयी एकल पुरुष र महिलाले समान ५०/५० हजार रुपैयाँ धनराशीको पुरस्कार पाउनेछन् भने डबल महिला र पुरुषतर्फ ४० हजार रुपैयाँ पुरस्कार राखिएको छ । त्यस्तै भेट्रानतर्फ एकलले ३० हजार रुपैयाँ, डबलले २५ हजार रुपैयाँ र अन्तर सरकारी तर्फको बिजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता आउँदो मंसिर २७ देखि पौष ५ गतेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङ मस्र्याङदी सेमीफाइनमा

काठमाडौं । २० औं आहा रारा गोल्डकपमा मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको

एपिएफ आहा रारा गोल्डकपको सेमिफाइनमा

पोखरा । सशस्त्र प्रहरीको नेपाल एपिएफ फुटबल क्लबले पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय

आहा रारा गोल्डकपमा पुलिस क्वार्टर फाइनलमा

पोखरा । नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ

आहा रारा गोल्डकपमा एपीएफको विजयी सुरुवात

पोखरा । पोखरामा आजदेखि शुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा