ए डिभिजन लिगमा मनाङ र बिग्रेड ब्वाइज विजयी



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आइतबार भएका खेलमा मनाङ मस्र्याङ्दी क्लब र ब्रिगेड ब्वाइज क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मनाङले लिगमा सुखद सुरुवात गरेको हो । मनाङका लागि दिनेश राजवंशीले खेलको ५६औँ मिनेटमा निर्णायक गोल गरे । उनी सो खेलमा म्यान अफ दी म्याच भए । जितसँगै मनाङले तीन अङ्क जोडेको छ ।

यस्तै दशरथ रङ्गशालामा आज भएको अर्को खेलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गराएको छ । ब्रिगेडका लागि दिनेश राईले दुई तथा सुरज गुरुङले एउटा गोल गरे । एपीएफका लागि भने आशिष लामा र बिकी तामाङले एक एक गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा ब्रिगेडले सुरुवाती अग्रता लिएको थियो । खेलको ११औँ मिनेटमा राईले करिब ३५ यार्डबाट प्रहार गरेको बलले जाली चुम्यो । खेलको १७औँ मिनेटमा एपीएफले बराबरी गोल फर्कायो ।

आवास लामिछानेको क्रसमा आशिष लामाले उक्त गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा पुर्याए । यस्तै खेलको ६५औँ मिनेटमा राजवंशीले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रिगेडलाई २–१ को अग्रता दिलाए।

खेलको ७७औँ मिनेटमा रवि थिङको पासमा बिकी तामाङले गोल गर्दै एपीएफलाई २–२ गोलको बराबरीमा पुर्याए । खेलको अत्तिरिक्त समयमा सुरज गुरुङले गोल गर्दै ब्रिगेडलाई ३–२ को जित दिलाए । सो खेलको म्यान अफ दी म्याच ब्रिगेडका रोशन राना मगर घोषित भए । जितसँगै ब्रिगेडले ३ अङ्क जोडेको छ । लिगअन्तर्गत सोमबार दुई खेल हुनेछन् ।

पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड

आर्मीलाई कालिका कप राष्ट्रिय भलिबलको उपाधि

  गलकोट (बागलुङ) ।  चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप

वीर गणेशमान सिंह ट्वान्टी टि २० क्रिकेटमा लुम्बिनीको जित

काठमाडौँ । वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले

राष्ट्रपति रनिङ सिल्डमा उसुमा चार स्वर्णको टुङ्गो

काठमाडौँ । राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा