‘ए’ डिजिभन लिग फुटबललाई कतार एयरवेजले प्रायोजन गर्ने



काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फाले) यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजन गर्ने भएको छ । कतार एयरवेजले अघिल्लो संस्करणको लिगमासमेत मुख्य प्रायोजकको रुपमा प्रायोजन गरेको थियो ।

यही मङ्सिर ३ गतेदेखि आयोजना हुने ‘ए’ डिभिजन लिगमा विभिन्न १४ टोली सहभागी छन् । यसमा त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, सङ्कटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र हिमालयन शेर्पा फुटबल क्लब छन् ।

त्यसैगरी सातदोबाटो फुटबल क्लब, मनाङ मस्र्याङदी फुटबल क्लब, थ्रि स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेण्ड्स फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको खेलको लागि साधारणतर्फ टिकट दर एक सय र भीआइपीतर्फ पाँच सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यसपटक अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् । लिग बिजेता टोलीले ७५ लाख तथा उपविजेताले ५० लाख पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका