भलिबलमा विभागीय टोली एपिएफ र न्यू डाइमन्ड विजयी



काठमाडौं । छैटौँ राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल एपिएफ क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लबले जित हासिल गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको महिलातर्फको खेलमा एपिएफले तीन भारतीय खेलाडी सम्मिलिन ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै जीत हासिल गरेको हो । एपिएफले ढोरपाटनमाथि पहिलो सेट २५–११, दोस्रो सेट २५–७ तथा तेस्रो सेट २५–६ ले आफनो पक्षमा पार्यो ।

त्यस्तै अर्काे खेलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल ट्रेनिङ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै जित हासिल गर्यो । डायमन्डले पहिलो सेट २५–६, दोस्रो २५–५ र तेस्रो तथा अन्तिम सेट २५–१३ को जीत निकाल्न सफल भयो ।

महिला र पुरुष टोलीको विजेताले समान  चार लाख तथा उपविजेताले  दुई लाख प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टोलीले  एक लाख प्राप्त गर्नेछन् । च्याम्पियनसिपमा  सर्वोत्कृष्ट घोषित हुने खेलाडीले  २५ हजार पाउनेछन् भने उत्कृष्ट घोषित हुने अन्य विधा स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको