इपिएल विजेताले ५० लाख रुपैयाँ पाउने



काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यस संस्करणको खेलमा इपिएलले पुरस्कार राशिमा दोब्बर वृद्धि गरेको छ । अघिल्लो संस्करणको विजेता टोलीले २५ लाख तथा उपविजेताले १० लाख प्राप्त गरेको थियो । अघिल्लो संस्करणको फाइनल खेलमा ललितपुरले भैरहवालाई पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगितामा विभिन्न छ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौँ किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई

रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध

जनकपुरधाम ।  धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता