नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । सोमबार काठमाडौमा नेपाल क्रिकेट संघ र जर्सीको प्रायोजक माइ सेकेण्ड टिचर्सले संयुक्त रुपमा राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।

क्रिकेट टिमको नयाँ जर्सीको डिजाइन खुल्ला आवेदनबाट माग गरिएको थियो । डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनौट गरिएको र त्यही डिजाइनको जर्सी सार्वजनिक गरिएको हो । नयाँ जर्सीलाई नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष र माइ सेकेण्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकीले सार्वजनिक गरेका छन् ।

जर्सीको डिजाइन बापत डिजाइनर आदर्श पोखरेलले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । जर्सीमा नेपाली सस्कृति झल्किने गरेर डिजाइन गरिएको बताइएको छ । नेपालको राष्ट्रिय झण्डाको रंङमा जर्सीको डिजाइन गरिएको छ ।

भारतीय टिमको जर्सी बनाउने कम्पनीले यो जर्सीलाई बनाएको बताइएको छ । नयाँ जर्सी मंगलबार ओमान जाने नेपाली टिमले लगाउने छ । आइसीसीको गाइडलाइन अनुसार नै नयाँ जर्सी डिजाइन भएको नेपाल क्रिकेट संघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त