नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का



काठमाडौं । नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन् ।

युएईमा भइरहेको एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वाटरफाइनलमा ५–० अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेका युएईमा नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिए ।

शेर्पाले आज सेमिफाइनल खेल्नेछन् । यस्तै जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवाले पनि पदक पक्का गरेका छन् । उनी सम्मिलित स्पर्धामा कूल चार खेलाडी मात्र सहभागी भएका छन् ।

प्रतियोगितामा नेपालबाट शेर्पा र तिरुवासँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरी तथा महिला ५७ किलोमा नारिका राई सहभागी भएका छन् । गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो ।

टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन् । टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहनुभएको छ । प्रतियोगिता आगामी असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एएफसी यू–२३ एसियन कप छनोट फुटबलः नेपाल इरानसँग पराजित

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली

टी-२० विश्व कपमा भारतमाथि पाकिस्तानको जित

आईसीसी टी-२० विश्व कप क्रिकेटको सुपर १२ अन्तर्गत आइतबार राति भएको दोस्रो खेलमा

एएफसी यू–२३ एसियन कप फुटबलमा इरानविरुद्ध खेल्दै नेपाल

काठमाडौं । नेपाली युवा राष्ट्रिय फुटबल टोलीले इरानविरुद्ध खेल्दै एएफसी यू–२३ एसियन कप

‘वुमन्स पावर लिफ्टिङ’को उपाधि नेहालाई

गण्डकी । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा