मेस्सीले बार्सिलोना छोड्ने



अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छोड्ने पक्का भएको छ । बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ  । यसअघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताइएको थियो ।

बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत भएपनि लिगको नियम अनुसार अनुबन्धन हुन नसकेको बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ३४ वर्षीय मेस्सी गएको जुलाई १ तारिखदेखि फ्री एजेन्ट बनेका थिए ।

केही समय अघि उनले कम तलबमा नै क्लबमा बस्न सहमति भएपछि नयाँ सम्झौता गर्ने तयारी भइरहेको थियो । तर अन्य खेलाडीले तलब घटाउन नमान्दा सम्झौता नविकरण हुन नपाएको बताइएको छ । सन् २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।