३५ पदकसहित अमेरिका टोकियो ओलम्पिकको शीर्ष स्थानमा



काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ ।

चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । चीनले १३ स्वर्ण, छ रजत र नौ कास्य पदक प्राप्त गरेको छ भने जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै सात स्वर्ण, ११ रजत र सात कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यसैगरी अस्ट्रेलिया सात स्वर्ण, दुई रजत र नौ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत पाँच स्वर्ण, छ रजत र पाँच कास्यसहित छैटौँ, दक्षिण कोरिया चार स्वर्ण, दुई रजत र पाँच कास्यका साथ सातौँ, जर्मनी तीन स्वर्ण, तीन रजत र पाँच कास्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, तीन रजत र तीन कास्यका साथ नवौँ तथा इटाली दुई स्वर्ण, सात रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले खेलिसको छन् ।

चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन् । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल तथा सिंहले १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेका थिए । टोकियो ओलम्पिकमा अब एथलेटिक्सकी सरस्वती चौधरीले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । उनले शुक्रबार आफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

  काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र

 सङ्कटाद्वारा आर्मी पराजित

  काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगताअन्तर्गत बिहीबार भएको

पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु

पथरी  । मोरङको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल

आर्मीलाई हराउँदै पुलिसलाई जय ट्रफी क्रिकेटको उपाधि

वीरगञ्ज । जय ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ । बिहीबार