जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित



काठमाडौं । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् ।

शनिबार भएको खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुपरेको हो । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहनुभएको छ । भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय बेहोर्नुपरेको हो ।

भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६ सेकेण्डसम्म मात्र भिड्न सकिन् । उनी वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी हुन् । भट्टले २०७६ मङ्सिरमा नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा महिला ४८ किलोमुनिको तौलमा कास्य पदक प्राप्त गरेकी थिइन् ।

आजै भएको सुटिङ स्पर्धामा नेपालकी कल्पना परियारले पनि पराजय बेहोर्नुपरेको थियो । टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल र चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई

भोजपुर । पौवादुङमा गोल्ड कप दोस्रो संस्करणको उपाधि राजगढ फुटबल क्लब झापाले जितेको

खो खो विश्वकपमा उपविजेता बन्न सफल नेपाली टोलीलाई रास्वपाको सम्मान

काठमाडौं । भारतमा सम्पन्न प्रथम खो खो विश्वकपमा उपविजेता बन्न सफल नेपाली पुरुष

यु-१९ महिला टी–२० विश्वकपमा नेपाल अस्ट्रेलियासँग पराजित

काठमाडौँ । आइसीसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ

विश्वकप महिला क्रिकेटः नेपाललाई अष्ट्रेलियाले दियो १४० रनको लक्ष्य

  काठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई जितका लागि