इपिएलको अन्तर्राष्ट्रिय प्रशारणको अधिकार मारोनलाई



काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तराष्ट्रिय सेल्स एजेन्टको रुपमा अष्ट्रेलियाको मारोन मिडियासँग सम्झौता भएको छ । सम्झौतासँगै चौंथो संस्करणको उक्त प्रतियोगिताको विदेशी देशमा बिक्री गर्ने अधिकारको जिम्मा मारोनले पाएको इपिएलद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाएको छ ।

इपिएल खेल मारोनले अन्तर्राष्ट्रियस्तरमा प्रत्यक्ष प्रशारण गर्नेछ । मारोनका सह–संस्थापक लारा रिचर्ड्सले एभरेष्ट प्रिमियर लिगसँग सम्झौता गर्न पाउँदा खुशी लागेको बताउनुभयो । त्यस्तै इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले यस किसिमको सम्झौता गर्न पाउनु गर्वको विषय भएको बताए । चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय भएको छ ।

प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड

आर्मीलाई कालिका कप राष्ट्रिय भलिबलको उपाधि

  गलकोट (बागलुङ) ।  चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप

वीर गणेशमान सिंह ट्वान्टी टि २० क्रिकेटमा लुम्बिनीको जित

काठमाडौँ । वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले

राष्ट्रपति रनिङ सिल्डमा उसुमा चार स्वर्णको टुङ्गो

काठमाडौँ । राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा