फुटबल खेलाडी सावित्राको घुँडाको सफल शल्यक्रिया



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया गरिएको छ । कतारको दोहास्थित अप्सेटर अस्पतालमा बिहीबार उनको घुँडाको शल्यक्रिया गरिएको हो । भण्डारीको उपचारमा कतार फुटबल सङ्घले सहयोग गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

गत वर्ष महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा उनलाई चोट लागेको थियो । दश दिनको क्वारेन्टिनपछि उनी यसैसाता उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् ।

भण्डारी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध छिन् । सो लिगमा उनले १० खेलमा ४३ गोल गरेकी थिइन् । यसअघि एन्फाको पहलमा राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी विक्रम लामा र विमल घर्तीमगरको पनि कतारमै उपचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।