राष्ट्रपतिद्वारा टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीको बिदाइ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२ औँ गृष्मकालिन ओलम्पिक खेलमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई बिदाइ गरेकी छन् । राष्ट्रपति भवनमा बिहीबार आयोजित समारोहमा राष्ट्रपतिले सफलताको शुभकामना दिएर बिदाई गरेकी हुन् ।