मेस्सी आधा तलबमा पाँच वर्ष बार्सिलोना फुटबल क्लबमै बस्ने



लियोनेल मेस्सी पहिलेको भन्दा आधा तलबमा सन् २०२६ को अन्त्यसम्म बार्सिलोना फुटबल क्लबबाट खेल्न सहमत भएका छन् । तर यो घोषणाको कार्यान्वयनका लागि बार्सिलोनाले मेस्सीको तलब जुटाउन केही खेलाडीहरू छोड्नुपर्ने हुन्छ ।

जुन ३० मा उनको वार्षिक तलब १२ करोड ३० लाख पाउन्ड भनिएको सम्झौता समाप्त भएपछि उनी क्लबविहीन भएका थिए । आर्जेन्टिनाका लागि कोपा अमेरिका २०२१ जिताएपछि उनी अहिले बिदामा छन् र सम्झौताका प्रावधानहरूलाई अन्तिम रूप दिन बाँकी नै छ । नयाँ अध्यक्ष जोन लापोर्टाले मेस्सीसँग सम्झौता गर्नु आफ्नो प्रमुख लक्ष्य भएको बताएका थिए ।

बार्सिलोनाले खेलाडीहरूलाई दिने कुल तलब घटाउन एन्टोनी ग्रिजम्यानलाई एट्लेको म्याड्रिडका साउल निगुयजसँग साट्न खोजिरहेको छ । बार्सिलोनाले कम नाम चलेका तीन खेलाडीलाई बेचिसकेको छ। तथापि मेस्सीको तलब जुटाउन केही नाम चलेका खेलाडीहरू बेच्नुपर्ने आवश्यकता छ । मेस्सीको नेतृत्वमा कोपा अमेरिकाको उपाधि जितेपछि आर्जेन्टिनाको राष्ट्रिय टोली केही दिनअघि स्वदेश फर्किएको छ ।

स्पेनको ला लिगामा कुनै पनि क्लबले खेलाडीको तलबमा खर्च गर्न पाउने कुल रकमको सीमा तोकिएको छ । मेस्सी प्यारिस साँ जेर्माँ वा म्यान्चेस्टर सिटी वा अमेरिकाको मेजर लीग सकर खेल्न जान सक्ने चर्चा चलेको थियो । मेस्सीले बार्सिलोनाका लागि खेल्दै सबैभन्दा बढी ६७२ गोल गरेका छन् भने १० ला लिगा, चार च्याम्पियन्स लीग र सात कोपा डेल रेज जिताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।