गेलको उत्कृष्ट ब्याटिङमा अस्ट्रेलियाविरुद्धको सिरिज वेस्टइन्डिजलाई



अनुभवी ब्याट्सम्यान क्रिस गेलको सानदार ब्याटिङको सहयोगमा वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्ध पाँच टि २० आई सिरिज दुई खेल अगावै जितेको छ ।

मंगलबार बिहान तेस्रो खेलमा अष्ट्रेलियालाई सहजै ६ विकेटले हराउँदै वेस्ट इन्डिजले टि२० आई सिरिज उपाधि जितेको हो ।

यस पटक पनि अस्ट्रेलियाका ब्याट्सम्यानहरु चल्न सकेनन् । पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाउन सक्यो । उसका लागि मोइसीस हेनरिक्सले सर्वाधिक ३३ रन बनाउँदा कप्तान आरोन फिन्चले ३० रनको योगदान गरे ।

एस्टन टर्नरले २४ रन बनाउँदा म्याथ्यू वेडले २३ रन बनाए । एलेक्स केरीले १३ रन बनाउँदा मिचेल मार्सको ब्याटबा ११ रन मात्रै बन्यो । अस्ट्रेलियालाई सस्तैमा रोक्नका लागि हेडन वाल्सले दुई विकेट लिएका थिए ।

१४२ रनको जवाफी लक्ष्य पछ्याएको वेस्टइन्डिजले क्रिस गेलको अर्धशतकीय पारिले सहज जित दिलायो । गेलले ६७ रन बनाउँदा ३८ बल फेस गरेका थिए । उनले आफ्नो पारिमा ७ छक्का र चार चौका प्रहार गरे । गेलले अन्तराष्ट्रिय क्रिकेटमा १४ हजार रन पनि पुरा गरेका छन् ।

यसैगरी निकोलस पुरन ३२ रनमा नटआउट रहे । अस्ट्रेलियाका लागि रेलि मेड्रिथले तीन विकेट लिएका थिए । पहिलो खेलमा वेस्ट इन्डिज १८ रन र दोस्रो खेला ५६ रनले विजयी भएको थियो । चौथो खेल बिहिबार बिहान हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको