शाह र कार्की टोकियो ओलम्पिकमा भाग लिन जापान प्रस्थान



काठमाडौं । पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना सोमबार टोकियो प्रस्थान गरेका हुन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ । सिंह र शाहले आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट पौडी खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै टोकियो ओलम्पिकमा सहभागी हुन एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट केही दिनमा जापान जाने कार्यक्रम छ । चौधरीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

  काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र

 सङ्कटाद्वारा आर्मी पराजित

  काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगताअन्तर्गत बिहीबार भएको

पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु

पथरी  । मोरङको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल

आर्मीलाई हराउँदै पुलिसलाई जय ट्रफी क्रिकेटको उपाधि

वीरगञ्ज । जय ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ । बिहीबार