त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित



काठमाडौं । नेपालले खेल्ने तय भएको स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएको छ । आगामी महिना स्पेनमा हुने तालिका निर्धारण भएको सो सिरिज कोभिड –१९ का कारण स्थगन गरिएको होे ।

सो सिरिज सन् २०२२ को जुलाइसम्मका लागि स्थगन भएको नेपाल क्रिकेट संघ(क्यान)का सचिव अशोकनाथ प्याकुरेलद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । सिरिजका लागि मंगलबारदेखि कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बन्द प्रशिक्षण शुरु भएको थियो ।

बन्द प्रशिक्षणका लागि प्रधानमन्त्री कप र मेयर कपमा गरिएको खेल प्रदर्शनका आधारमा २० खेलाडी छनोट गरिएको थियो । प्रशिक्षण दिन श्रीलंकामा रहनुभएका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर गत साता नेपाल आएका थिए ।

नेपालले हालसम्म लिगमा चार खेल खेल्दै चार अंक जोडेको छ । लिग दुईमा नेपालसहित ओमान, युनाइटेड अरब इमिरेट्स, अमेरिका, नामिबिया, स्कटल्याण्ड र पपुवा न्युगिनी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत