आइपीएल टी–ट्वान्टीमा दिल्लीलाई हराउँदै राजस्थानको रोमान्चक जित



भारतमा जारी १४ औं संस्करणको आईपीएल टी–ट्वान्टी प्रतियोगितामा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ । गएराति मुम्बईमा भएको खेलमा दिल्लीलाई ३ विकेटले हराउँदै राजस्थान रोयल्सले पहिलो जित निकालेको हो ।

दिल्लीले दिएको १४७ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले अन्तिम २ बल अगाडि ७ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि डेभिड मिलरले सर्वाधिक ६२ रन बनाए । ४३ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरेका थिए ।

यस्तै क्रिस मोरिसले बस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३६ रन बनाएर राजस्थानलाई रोमाञ्चक जित दिलाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

उसका लागि कप्तान ऋषभ पन्तले अर्धशतकीय पारी खेले । उनले ३२ बलमा ९ चौकासहित ५१ रन बनाए । त्यस्तै, टम करनले २१, ललित यादवले २० र क्रिस वक्सले अविजित १२ रन बनाए ।

यसअघि आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्स (सीएसके) लाई हराउँदै दिल्लीले उत्कृष्ट सुरुवात गरेको थियो भने राजस्थान पञ्जावसँग ४ रनले पराजित भएको थियो । यसैबीच आजको खेलमा पञ्जाव किङस र चेन्नइ सुपर किङ्सबीच प्रतिष्पर्धा हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको