‘सी’ डिभिजन लिगमा स्वयम्भुको पहिलो जीत



काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा बिहीबार भएको खेलमा स्वयम्भुले पहिलो जीत दर्ता गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा स्वयम्भुले ओसिस क्लबलाई तीन एक गोलअन्तरले पराजित गरेको हो । स्वयम्भुका लागि सविन गुरुङ, कुमार दोङ र विक्की राईले गोल गरेका हुन् ।

यस्तै ओसिसका लागि सान्त्वना गोल राजन पुन मगरले गरे । खेलको ३८औँ मिनेटमा स्वयम्भुका लागि सविनले पहिलो गोल गरेका थिए । खेलको ४३औँ मिनेटमा कुमारले स्वयम्भुका लागि दोस्रो गोल गरे ।

यस्तै खेलको ८९औँ मिनेटमा विक्की राईले स्वयम्भुका लागि तेस्रो गोल गरे । ओसिसका लागि भने एक मात्र गोल खेलको ६८औँ मिनेटमा राजन पुनमगरले गरे । जीतसँगै स्वयम्भुले दुई खेलबाट तीन अङ्क जोडेको छ । दुई खेलमा पराजित ओसिस अङ्कविहीन अवस्थामा छ । यही चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफलाई पराजित गर्दै पुलिसलाई लामाचौर कप भलिबलको उपाधि

गण्डकी । नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

    कास्की । पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष

अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको

पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य