‘बी’ डिभिजन लिगमा सातदोबाटो पराजित



काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत सोमबार भएको खेलमा सातदोबाटो युथ क्लब पराजित भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटो मध्यपुर युथ एसोसिएशनसँग २–१ गोलअन्तरले पराजित भएको हो । सातदोबाटो पहिलोपटक प्रतियोगितामा पराजित भएको हो । मध्यपुरका लागि कैलाश लामिछाने र सन्नी लामाले एक/एक गोल गरे ।

यस्तै सातदोबाटोका लागि सान्त्वना गोल माल्डिना आङथुपुले गरे । खेलको २९औँ मिनेटमा मध्यपुरका कैलाश लामिछानेले पहिलो गोल गरेका हुन् । खेलको ५०औँ मिनेटमा मध्यपुरका माल्डिना आङथुपुले गोल फर्काए ।

खेलको ५८औँ मिनेटमा मध्यपुरका सन्नी लामाले दोस्रो गोल गरे । जीतसँगै मध्यपुरले १० खेलबाट १३ अङ्क जोडेको छ । मध्यपुर लिगको छैटौँ स्थानमा उक्लेको छ । यस्तै सातदोबाटो पराजित भएर पनि १० खेलमा २५ अङ्क जोडेर लिगको शीर्ष स्थानमा कायमै छ । सातदोबाटो ‘ए’ डिभिजनमा बढुवा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।