‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन विजयी



काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा ब्वाइज युनियन क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

ब्याइजका लागि एक मात्र निर्णायक गोल मिलन लिम्बूले गरेका हुन् । उनले खेलको ७२औँ मिनेटमा हेडमार्फत गोल गरेका थिए । मध्यान्तर अघिको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

जितसँगै ब्वाइजले १० खेलबाट १७ अङ्क जोडेको छ । ब्वाइज लिगको चौथो स्थानमा यथावत छ । यस्तै टुसाल १० खेलमा नौ अङ्क जोडेर लिगको आठौँ स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।