’बी’ डिभिजन लिगमा सातदोबाटोको जित



काठमाडौं । शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार भएको खेलमा सातदोबाटो युथ क्लबले सहज जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । सातदोबाटोका लागि अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक एक गोल गरेका हुन् । बाँसबारीले एउटा आत्मघाती गोल गरेको हो । बाँसबारीका लागि भने निशान सुनारले सान्त्वना गोल गरेका हुन् ।

खेलको ११औँ मिनेटमा सातदोबाटोका अशिम राईले पहिलो गोल गरेका हुन् । पहिलो हाफको इन्जुरी समयमा बाँसबारीका अमृत श्रेष्ठले आत्मघाती गोल गरेका हुन् ।

यस्तै खेलको ५२औँ मिनेटमा सातदोबाटोका प्रवेश बस्नेतले तथा ६२औँ मिनेटमा दिनेश राईले गोल गरेका हुन् । यस्तै खेलको ७७औँ मिनेटमा बाँसबारीका निशान सुनारले एक मात्र गोल गर्न सफल भएका थिए । जितसँगै सातदोबाटोले नौ खेलबाट २५ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । यस्तै बाँसबारी नौ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय