बी डिभिजन लिगका दुबै खेल गोलरहित बराबरीमा



काठमाडौं ।, राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्र्तगत शनिबार भएका दुई खेल गोल रहित बराबरीमा सकिएका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फाको मैदानमा शनिबार भएको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले श्री भगवती क्लबसँग र तालिकाको तेस्रो स्थानमा रहेको बाँसबारी क्लब श्री कुमारी क्लबसँग गोल रहित बराबरीमा रोकिएका हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बाँसबारीले दर्जनौ अवसर सिर्जना गरे पनि बाँसबारीको अग्रतपंक्तिले सदुपयोग गर्न सकेन ।

७ खेलबाट ७ अंक जोडेको श्री कुमारी क्लबसँग बराबरी रोकिँदा बासँसबारीले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको हो । बाँसबारीको समान ७ खेलबाट १५ अंक भएको छ । बाँसबारी तालिकाको तेस्रो स्थानमा छ । अपराजित सातदोबाटो १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा १६ अंक जोडेको खुमल्टार तालिकाको दोस्रो स्थानमा छ ।

यस्तै लिगकै पहिलो खेलमा पुल्चोकले श्री भगवतीलाई रोक्न सफल भएको हो । जारी सम्पन्न लिगमा सुखद नजिता हात नपारकेो पुल्चोकले दोस्रो बराबरी नतिजा निकाल्दा श्री भगवतीले जारी लिगमा तेस्रो बराबरी नतिजा आत्मसात गरेको हो । दुबै टोलीले जितका मैदान प्रवेश गरे पनि राम्रा अवसर सदुपयोग गर्न असफल बनेका थिए ।

अंक बाँडेका टोलीद्वय पुल्चोक र भगवतीको समान ७ खेलबाट अंक तालिकामा क्रमस: २ र ६ अंक भएको छ । पुल्चोक तालिकाको पुछारमा रहेको छ भने भगवती नवौं स्थानमा यथावत रहेको छ ।

प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेल ब्वाइज युनिय क्लब र नयाँ बस्ती तथा दोस्रो खेल झम्सीखेल युथ क्लब र खुमलटार युथ क्लबबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो

कमलामाई ।रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका डुब्दै गरेको पहेँलो

मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदराबाद ७ विकेटले पराजित

काठमाडौं । इण्डियन प्रमियर लिग आईपीएलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको

यस्तो छ मूलपानी क्रिकेट मैदानको नयाँ डिजाइन

काठमाडौं । मूलपानी क्रिकेट मैदानको डिजाइन युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ

पोखराको सहारा क्लबलाई यस वर्षको उत्कृष्ट खेलकुद सङ्घको अवार्ड प्रदान गरिने

  कास्की ।  फुटबल एकेडेमी र प्रतियोगिता सञ्चालन गरी फुटबल खेल विकासमा क्रियाशील