‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन विजयी



काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत विनोद राईको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

ब्वाइज युनियनको जितमा टङ्कबहादुर स्याङ्तानको थप एक गोल रहेको थियो । खेलको २६औँ मिनेटमा कप्तान स्याङ्तानले पहिलो गोल गरेका थिए। दोस्रो हाफमा राईले ब्वाइजका लागि खेलको ६४औँ मिनेटमा दोस्रो गोल गरे । उनलाई खेललाई २–० को अवस्थामा पुर्याए । यस्तै खेलको ८५औँ मिनेटमा राईले नै आफ्नो टोलीका लागि तेस्रो गोल गरे । खेलको इन्जुरी समयमा उनले नै ह्याट्रिक गोल गर्दै ब्वाइजलाई ४–० गोल अन्तरले विजयी दिलाए ।

जीतसँगै ब्वाइज लिगको चौथो स्थानमा उक्लिएको छ । ब्वाइजले ७ खेलमा ११ अङ्क जोडेको छ । झम्सिखेलको ७ खेलमा ६ अङ्क छ भने उ लिगको नवौँ स्थानमा छ । लिगमा आजै भएको अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी)ले नयाँबस्ती युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु

काठमाडौं । १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ

अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि बौदीकालीलाई

पाल्पा । अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबल खेलको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको

पुलिसलाई जीतपुरसिमरा गोल्डकपको उपाधि

सिमरा । नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । हङकङलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ