‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार विजयी



काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका मंगलबार भएको दोस्रो खेलमा युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा खुमलटारले पुल्चोक स्पोर्टस् क्लबलाई ५–२ गेलअन्तरले पराजित गरेको हो ।

खुमलटारका लागि महेश राईले दुई तथा सविन केसी, आयुष घलान र मनिष सेढाईंले एक एक गोल गर्नुभएको हो । खेलको २९औँ मिनेटमा खुमलटारका लागि राईले पहिलो गोल गरेका हुन् । यस्तै खेलको ५२औँ मिनेटमा केसीले पेनाल्टीमार्फत दोस्रो गोल गरेका हुन् ।

खेलको ५८औँ मिनेटमा खुमलटारका लागि घलानले तेस्रो गोल गरे । खेलको ६३ औँ मिनेटमा खुमलटारका लागि राईले चौथो तथा ६५औँ मिनेटमा सेढाँईले पाँचौँ गोल गरेका थिए । यसैगरी पुल्चोकका लागि मीनबहादुर गुरुङले खेलको ४०औँ मिनेटमा तथा किश्मत लिम्बूले खेलको ४९औँ मिनेटमा गोल गरेका थिए ।

जितसँगै खुमलटारले हालसम्म छ खेलबाट १६ अङ्क तथा पुल्चोकले छ खेलबाट एक अङ्क मात्र जोडेको छ । कोरोना भाइरसको महामारीको कारण ‘बी’ डिभिजन लिग गत चैत ५ गते स्थगित भएको थियो । उक्त लिग पुनः आजदेखि शुरु भएको हो । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष टोली ए डिभिजनमा बढुवा हुनेछ भने पुछारको टोली सी डिभिजनमा घटुवा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त