भलिबल संघ र केल्मीबीच प्रयोजन सम्झौता



काठमाडौं । नेपाल भलिबल संघ र स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीबीच प्रायोजन सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । .
नेपाल भलिबल संघले सोमबार केल्मी नेपालसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो । संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र केल्मीको नेपाल प्रमुख प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता पत्र अनुसार केल्मीले भलिबल टिमलाई दुई वर्षको लागि प्रायोजन गर्नेछ । सम्झौतासँगै केल्मीले संघलाई २ सय ५० वटा भलिबल उपलब्ध गराउने छ भने केल्मीले महिला र पुरुषका लागि २०/२० सेट ट्रयाकसुट, अफिसियलका लागि जर्सी, खेलाडीका लागि जुत्ता मोजा, ट्रेनिङ जर्सी आदि उपलब्ध गराउने छ ।

प्रायोजन बापत राष्ट्रिय भलिबल टिमले अन्तराष्ट्रिय प्रतियोगितामा केल्मी अंकित जर्सी लगाउने छन् । केल्मी नेपाली राष्ट्रिय फुटबल टोलीको प्रायोजक गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफलाई पराजित गर्दै पुलिसलाई लामाचौर कप भलिबलको उपाधि

गण्डकी । नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

    कास्की । पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष

अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको

पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य