प्रिमियर लिगमा एभर्टन र फुल्ह्याम विजयी



ईङलिश प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा एभर्टन र फुल्ह्याम विजयी भएका छन् । गएरातीका २ खेल भने बराबरीमा सकिएका छन् । साविक विजेता लिभरपुललाई हराउदै एभर्टनले उसैसंग अंक बराबरी गरेको हो ।

लिभरपुलको मैदान एन्फिल्डमा एभर्टनलाई जिताउन रिचार्लिसन र गिल्फी सेगुर्डसनले गोल गरे । सन् १९९९ पछि एभर्टनलले लिभरपुललाई उसैको मैदानमा पहिलो पटक हराएको हो । खेलको तेस्रो मिनेटमा रिचार्लिसनको गोलमा अग्रता बनाएको एभर्टनका लागि सेगुर्डसनले ८३ औ मिनेटमा पेनाल्टिमार्फत अर्को गोल थपेका थिए ।

२४ खेलबाट एभर्टनको ४० अंक भएको छ । उ तालिकाको सातौ स्थानमा छ । एक खेल बढि खेलेको लिभरपुलको पनि समान अंक छ । यद्यपी गोलअन्तरमा अघि रहदै लिभरपुलले एभर्टनलाई पछि पारेको हो । सेफिल्ड युनाईटेडलाई १–० ले हराएको फुल्हम रेलिगेशन क्षेत्रबाट माथी उठ्न संर्घषरत छ ।
गएराती नै चेल्सी साउथहेम्प्टनसंग एक एक गोलको बराबरीमा रोकिदा बर्नली र वेष्टब्रोमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफलाई पराजित गर्दै पुलिसलाई लामाचौर कप भलिबलको उपाधि

गण्डकी । नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

    कास्की । पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष

अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको

पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य