विभागीय टिम एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि



काठमाडौं । विभागीय टिम एपीएफ क्लबले अपराजित यात्रालाई अन्तिम खेलमा पनि शुक्रबार निरन्तरता दिँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सावित्रा भण्डारी विना मैदान उत्रिएको एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले स्तब्ध बनाउँदै अन्तिम खेलमा पनि जितलाई निरन्तरता दिएको हो । यस अघि एपिएफले दुई खेल अगावै उपाधि जित्ने समिकरण पूरा गरेको थियो ।

एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गर्दा एक गोल अनिता केसीको नाममा रह्यो । निकै रोमाञ्चक बनेको पहिलो हाफको अन्तिम मिनेटमा सरु लिम्बुले अनिता केसीको पासलाई सदुपयोग गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन् । त्यपछि ८६औं मिनेटमा अनिता केसीले हेडरमार्फत टोलीका लागि दोस्रो गोल थप्दा इन्जुरी समयमा सरु लिम्बुले गोल थप्दै टोलीको जित निश्चित गरेकी हुन् । आर्मीका गोलकिपर अन्जना राना मगर अघि बढेको अवस्थामा सरुले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेकी थिइन् ।

जितसँगै एपीएफले लिगमा १० अंकको अग्रतासहित उपाधि हात पारेको हो । एपीएफले लगातार तेस्रो पटक लिगको उपाधि जितेको हो । एपीएफले १२ खेलमा ३६ अंक जोड्यो । लिगको अन्तिम खेलमा पराजित आर्मी उपविजेता बन्यो । आर्मीले १२ खेलमा २६ अंक जोड्न सफल भयो । उपाधिसंगै एपीएफले १५ लाख रुपैयाँ हात पारेको छ उपविजेता आर्मीले ८ लाख रुपैयाँमा चित्त बुझायो । यस्तै तेस्रो भएको नेपाल पुलिसले ५ लाख पाउँदा चौथो बनेको वालिङले ३ लाख प्राप्त गरेका छन् ।

महिला लिग अन्तर्गत शुक्रबारै सम्पन्न दिनको पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले चौदण्डीगढी नगरपालिकालाई १०–० ले हराउँदै लिगमा सुखद अन्त्य गरेको छ ।

प्रतियोगितामा विभागीय टिम एपीएफ क्लबकी सरु लिम्बु राष्ट्रिय महिला लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी बन्दै सरुले यामाहाको स्कुटर प्राप्त गरिन् । मिडफिल्डर सरुले लिगमा ६ गोल गरेकी थिइन् । यस्तै एपीएफ क्लबकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड, पुलिस क्लबकी अमृता जैशी उत्कृष्ट डिफेन्डर, आर्मी क्लबकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर, पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलकिपर र एपीएफ क्लबकी भगवती थापा उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशीमाथि एपिएफको ८–० को जित

  काठमाडौँ । एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा

आईसीसी विश्वकप लिग–२ मा नेपाल ओमनसँग पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ

ऐतिहासिक कास्य पदक विजेता पलेशा सम्मानित

  काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कास्य पदक

इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन

  मिलान । सन् १९९० विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चित इटालीका पूर्व स्ट्राइकर