च्याम्पियन्स लिगमा लाइपजिगमाथि लिभरपुलकाे सहज जित
इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा सहज जित हात पारेको छ ।
लिगको अन्तिम-१६ को पहिलो लेगमा मंगलबार राति जर्मन क्लब आरबी लाइपजिगलाई लिभरपुलले २-० गोलले पराजित गरेको हो । हंगेरीको पुस्कास एरिनामा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे ।
लिभरपुलका लागि ५३औँ मिनेटमा सलाहले र ५८औँ मिनेटमा मानेले गोल गरे । दोस्रो लेग खेल लिभरपुलको मैदानमा मार्च १० मा हुनेछ ।