ललितपुर फुटबल संघका अध्यक्षको निलम्बन फुकुवा



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको निलम्बन फुकुवा गरेको छ ।

सोमबार बसेको १२औं केन्द्रीय कार्यसमितिको बैठकले ललितपुर जिल्ला अध्यक्ष थापालाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । गत जेठमा एन्फा विधान विपरितका गतिविधि गरेको भन्दै थापालाई साधारणसम्मका लागि निलम्बन गरिएको थियो । थापाले गत वैशाख २२ मा एन्फा दिवसको दिन भाइबर ग्रुपमा आक्रोशित जवाफ दिएपछि निलम्बन गरिएको थियो ।

कार्यसमिति बैठकले कोषाध्यक्ष रवीन्द्र जोशीले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको अनुमानित ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रूपैयाँको बजेट तथा वार्षिक कार्यक्रम साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । यस्तै खोटाङ, मनाङ र नवलपरासी सुस्ता पूर्वालाई एन्फा सदस्यता प्रदान गर्न मंगलबार हुने साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

प्रमोद हमालको अध्यक्षतामा बनेको कर्णाली प्रदेश, लोकेन्द्र गुरुङको अध्यक्षतामा बनेको गण्डकी प्रदेश र भुपेन्द्र थापाको अध्यक्षमा बनेको लुम्बिनी प्रदेशलाई मान्यता दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्दिरालाई स्वर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ की इन्दिरा पराजुलीले काठमाडौँ जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत टेबलटेनिसको भेट्रान

साफ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौँ । यही असार २७ देखि आगामी साउन ६ गतेसम्म बङ्गलादेशमा आयोजना हुने

नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भुटानमा भएको १५औँ दक्षिण एसियाली शारीरिक

प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको