सन्दिप लामिछाने सम्मिलित होबार्ट विजयी,सिड्नी थन्डर ६ विकेटले पराजित



नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिग २०२०/२१ अन्तर्गत ४३ औं खेलमा सिड्नी थन्डरलाई ६ विकेटले पराजित गरेको छ ।

जितका लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । होबार्टको जितमा विकेटकिपर बेन म्याकडर्मोटले ५६ बलमा ८ चौका र ५ छक्का सहित ९६ रनको उत्कृष्ट विजयी इनिङ खेले । कप्तान पिटर ह्यान्डस्कोम्ब २१ र डेविड मलानले ४२ रनको योगदान दिए । सिड्नीका तनवीर संघाले २ विकेट लिए ।

त्यसअघि क्यानबेरामा टस हारेर पहिला ब्याटिङ थालेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । सिड्नीका साम बिलिंग्सले ३४ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए । उस्मान खवाजा २७, एलेक्स हेल्स २९ र क्यालुम फर्गुसन २३ रनको योगदान दिए । होबार्टका स्कट बोल्यान्डले ४ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । नाथन इल्सको नाममा १ विकेट रह्यो ।

सन्दीपले ४ ओभरमा २८ रन खर्चिदा विकेट भने लिन सकेनन् । यसअघिको खेलमा सन्दीप पर्थ स्कोचर्सविरुद्ध विकेटविहिन बनेका थिए । उक्त खेलमा सन्दीपले ३ ओभरमा २३ रन खर्चेका थिए । होबार्टले शुक्रबार पर्थ स्कोचर्सविरुद्ध खेल्ने छ । होबार्ट ११ खेलमा ६ मा जित र ५ मा हार सहित २३ अंकका साथ चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय