बार्सिलोनालाई ३–२ हराउँदै बिल्बाओ बन्यो च्याम्पियन



अतिरिक्त समयमा क्याटलान क्लब बार्सिलोनामाथि जित निकाल्दै एथ्लेटिक बिल्वाओ स्पेनिस सुपर कप च्याम्पियन बनेको छ । सेभियाको मैदानमा गएराति भएको फाइनलमा १० खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो ।

निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए ।

बिल्वाओको यो तेस्रो सुपरकप उपाधि हो । यसअघि बिल्वाओले १९८४ र २०१५ मा उपाधि जितेको थियो । बार्सिलोनाले सर्वाधिक १३ पटक सुपरकपको उपाधि जितेको छ ।

क्लवको इतिहासमा १३ औं पटक उपाधि जित्ने लक्ष्यमा रहेको बार्सिलोना स्तब्ध हुँदा उसका मुख्य खेलाडी लियोनल मेस्सीले रातो कार्ड पाए । उनले करियरमा पहिलो पटक रातोकार्ड पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रेन्च लिग वानमा पीएसजीको फराकिलो जित

फ्रेन्च लिग वानको उपाधि दौडमा रहेको साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजीले रेइम्समासथ

इंग्लीश प्रिमियर लिगमा लिभरपुल र टोटनह्याम विजयी

इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

एटलेटिको म्याड्रिड ला लिगाको शीर्षस्थानमा,अन्तिम खेल रियल भालाडोलिडसँग खेल्ने

लुइस स्वारेजले नाटकीय रुपमा अन्तिम समयमा गोल गरेपछि एट्लेटिको मड्रिडले ओसासुनामाथि २–१ गोलको

बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका