साउथह्याम्पटनलाई हराउँदै लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा



 साउथह्याम्पटनलाई हराउँदै लेष्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा साउथह्याम्पटनमाथि २–० को जित निकाल्न लेष्टरका जेम्स म्याडिसन र हार्भे बार्न्सले एक–एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले फुल्हमलाई १–० ले हरायो । १० जनामा सिमित फुल्हमविरुद्ध चेल्सीलाई विजयी गराउन मेसन माउण्टले निर्णायक गोल गरे । गएराति वेष्ट ह्याम युनाईटेडले बर्न्लेलाई १–० ले हराउँदा वेष्ट ब्रोमले वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–२ ले पराजित गर्‍यो । ब्राइटनले लिड्स युनाईटेडमाथि १–० को जित निकाल्यो ।

इंग्लीश प्रिमियर लिगमा गएरातिका खेलपछि १७ खेलबाट ३६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड शिर्ष स्थानमा यथावत छ । एक खेल बढी खेलेको लेष्टर सिटी ३५ अंकसहित दोस्रो स्थानमा उक्लिंदा तेस्रो स्थानको लिभरपुलको ३३ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

काठमाडौँ । साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त