प्रधानमन्त्री कप क्रिकेटमा एपीएफद्वारा प्रदेश–१ पराजित



काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली एपीएफ क्लब विजयी भएको छ । एपीएफले प्रदेश–१लाई १३५ रनले पराजित गरेको हो ।

शनिबार कीर्तिपुर त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफ क्लबले ४८ दशमलव चार ओभरमा सबै खेलाडी गुमाएर २४३ रन बनायो । उसका लागि आशिफ शेखले अर्धशतकीय पारी खेले ।

उनले ३२ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । सुवास खकुरेलले १९, कप्तान शरद भेषवाकरले २०, प्रदिप ऐरीले सात, सुमित महर्जनले १४, बसन्त रेग्मीले ४०, भुवन कार्कीले सात, कमलसिंह ऐरीले पाँच र किशोर महतोले १९ रन बनाए । बलिङतर्फ प्रदेश नम्बर १ का लागि फिरदोश अन्सारी, दिपेश कँडेल, हमेन्त राई र श्रवण यादवले दुई दुई विकेट लिए ।

दुई सय ४४ रनको विजय लक्ष्य पछ्याउने क्रममा प्रदेश १ ले ४२ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १०८ रन मात्र बनायो । प्रदेश एकका लागि दिपक पासवानले १३, मनिश थापाले १८ र फिरदोस अन्सारीले १७ रन बनाए ।

बलिङतर्फ एपीएफका अभिनाश बोहोरा एक्लैले पाँच विकेट लिए । यस्तै बसन्त रेग्मीले दुुई विकेट लिए । जितसँगै समूह ’ए’मा रहेको एपीएफले दुई अङ्क जोडेको छ । यही समूहमा रहेको त्रिभुवन आर्मी क्लबको पनि दुई अंक छ । आर्मीले शुक्रबार सम्पन्न खेलमा गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति रनिङ सिल्डमा उसुमा चार स्वर्णको टुङ्गो

काठमाडौँ । राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

  काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरियताको

साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

  काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा

साउदी अरेबियाद्वारा नेपालसामू ७४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामू