बायर्न म्युनिख बाहिरियो



जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिख दोस्रो श्रेणीको होल्सटिन किइलसँग सडनडेथमा पराजित हुँदै डिएफबी पोकलको दोस्रो चरणबाट बाहिरिएको छ । बायर्न सडनडेथमा होल्सटिनसँग ६–५ ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।

निर्धारित समय र थप गरिएको समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । त्यसअघि होल्सटिनको मैदानमा बुधबार राति भएको खेलमा बायर्नले खेलको १४औं मिनेटमा सर्ज जिनाब्रीको गोलबाट बायर्नले अग्रता लिएको थियो । उनले थोमस मुलरको पासमा गोल गरेका थिए ।

३७औं मिनेटमा फिन बार्टेल्सले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । ४८औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । ९०औं मिनेटमा हउके वालले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याएका थिए ।

यस्तै डिएफबी पोकलको दोस्रो राउन्डको अर्को खेलमा १० खेलाडीमा समेटिएको बायर लिभरकुसनले फ्रान्कफुर्टमाथि ४–१ को सानदार जित निकाल्दै तेस्रो चरणमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय