पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल



काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन् । पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोटमा पर्न सकेनन् ।

सन् २०२१ का लागि भएको छनोटमा नेपाली खेलाडीलाई आबद्ध गर्न कुनै पनि टोलीले इच्छा देखाएनन् । नेपालबाट पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अविनाश बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख पिएसएलको ड्राफ्टमा परेनन् । ड्राफ्टमा २० देशका चार सयभन्दा बढी खेलाडी परेका थिए ।

नेपाली खेलाडी अलग–अलग समूहमा ड्राफ्टमा परेका थिए । लामिछाने सबैभन्दा महँगो प्लेटिनम श्रेणीमा तथा अन्य नौ खेलाडी सिल्भर श्रेणीमा ड्राफ्टमा परेका थिए । गत वर्षको पिएसएलमा पनि नेपालका आठ खेलाडी ड्राफ्टमा परेका थिए । अन्तिम समयमा कोही पनि नेपाली खेलाडी पिएसएलका लागि छनोट हुन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत