रियल मड्रिड र रियल ओसासुनाको खेल बराबरीमा रोकियो



स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेको छ । साविक बिजेता रियल शनिबार राति भएको खेलमा ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

ओसासुनाको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियल अंक बाड्न बाध्य भयो । बल पोजिसनमा एकतर्फी पकड जमाए पनि रियलका फरवार्डले गोल गर्न सकेनन् । यता, घरेलु टोलीका खेलाडीले पनि केहि उत्कृष्ट अवसरलाई गोलमा बदल्न सकेनन् ।

बराबरीमा रोकिएसँगै रियलले १८ खेलमा ३७ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । १७ खेलबाट ओसासुनाको १५ अंक छ । रेलिगेसन क्षेत्र पार गर्न उसलाई यथास्थितिमा कम्तिमा २ अंक थप्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यानचेष्टर र भिल्लारियल युरोपा लिगको फाइनलमा

म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी

नेपाल सुपर लिगमा ललितपुर एफसी र काठमाडौँ रेजर्स विजयी

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएका खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ

कोरियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई चार लाख ५० हजार सहयोग

सउल । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम

रियललाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

इङ्ग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।  गएराति सेमिफाइनलको दोस्रो