प्रधानसेनापति ट्रफीमा एथलेटिक्सतर्फ मध्य पूर्वी पृतना अब्बल



काठमाडौं । प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत सम्पन्न एथलेटिक्सतर्फ मध्य पूर्वी पृतना अब्बल सावित भएको छ । पुरुष लङ्गजम्पतर्फ मध्यपूर्वी पृतनाका सरोज श्रेष्ठ ६ दशमलव ४६ मिटर दूरीका साथ पहिलो भए । सो स्पर्धामा पूर्वी पृतनाका विमल कुँवर ६ दशमलव १८ मिटरका साथ दोस्रो तथा सुदूरपश्चिम पृतनाका उत्तम शाही ६ दशमलव १३ मिटर दूरीका साथ तेस्रो भए ।

महिला लङगजम्पतर्फ १६ नम्बर बाहिनी अड्डाकी विमला चौधरी ४ दशमलव ४४ मिटर दूरीका साथ पहिलो, पूर्वी पृतनाकी मनिषा चौधरी ४ दशमलव ३४ मिटर दूरीसहित दोस्रो तथा मध्य पृतनाकी कमला चन्द ४ दशमलव ३२ मिटर दूरीका साथ तेस्रो भइन् ।

पुरुष ज्याभलिङ थ्रोतर्फ मध्य पूर्वी पृतनाका रामकाजी थापा ५४ दशमलव ०४ मिटर दूरीका साथ पहिलो, पूर्वी पृतनाका च्याम्फा लामा ५० दशमलव १७ मिटर दूरीसहित दोस्रो तथा मध्य पृतनाका केशव मगर ४८ दशमलव ८८ मिटर दूरीका साथ तेस्रो भए । महिला ज्याभलिङ थ्रोतर्फ मध्य पृतनाकी संगीता न्यौपाने ३६ दशमलव ८३ मिटर दूरीसहित पहिलो, पूर्वी पृतनाकी सीता भारती ३३ दशमलव ९८ दूरीका साथ दोस्रो तथा १६ नम्बर बाहिनी अड्डाकी अञ्जु डगौरा ३० दशमलव ५७ मिटरका साथ तेस्रो भइन् ।

यस्तै पुरुष एक हजार ५०० मिटर दौडतर्फ उपत्यका पृतनाका केशव आचार्य पहिलो भए । उनले सो दूरी चार मिनेट १६ दशमलव ७६ सेकेण्डमा पूरा गरे । सोही स्पर्धामा मध्य पश्चिम पृतनाका सुभाष कार्की चार मिनेट १७ दशमलव १६ सकेण्डमा दूरी पार गर्दै दोस्रो तथा सुदूरपश्चिम पृतनाका मुकेशबहादुर पाल चार मिनेट १७ दशमलव ४७ सेकेण्डमा पार गर्दै तृतीय भए । यस्तै महिला एक हजार ५०० मिटर दौडतर्फ पूर्वी पृतनाकी रेखा लिम्बुले पाँच मिनेट ०८ दशमलव ८२ सेकेण्डमा दूरी पार गर्दै पहिलो, उपत्यका पृतनाकी गीता विकले पाँच मिनेट ०८ दशमलव ८९ सेकण्डमा पूरा गर्दै दोस्रो तथा १६ नम्बर बाहिनी अड्डाकी राधिका श्रेष्ठ सो दूरी पाँच मिनेट ०९ दशमलव २९ सकेण्डमा पूरा गर्दै तेस्रो भइन् ।

स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ बुधबारदेखि सञ्चालन भएको हो । प्रतियोगिता आगामी माघ २ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाली सेनाको १५ टोलीको सहभागिता रहेको छ । सेनाले विसं २०६५ देखि प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई