साफ फुटबल च्याम्पियनसिप सेप्टेम्बर १४ देखि २५ सम्म बंगलादेशमा हुने



साफ फुटबल च्याम्पियनसिप २०२१ को सेप्टेम्बर १४ देखि २५ सम्म बंगलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासंघको कार्यसमितिको बैठकले सन् २०२१ मा हुने साफ स्तरीय प्रतियोगिताको मिति तय गरेको हो ।

सोमबार भर्चुअल माध्यमबाट भएको बैठकले साफ कंग्रेश, इलेक्ट्रोल कोड र प्रतियोगिताका बारेमा छलफल गरेको छ । यसका साथै बजेट र अडिट रिपोर्टलाई पारित गरेको छ । बैठकले अर्को बर्ष हुने एएफसी छनोटका साथै युथ प्रतियोगिताका मिति तय गरेको छ । यस्तै यू १६ साफ महिला च्याम्पियनसिप अगष्टको १८ देखि २७ मा हुने भएको छ ।

साफ यू १९ महिला च्याम्पियनसिप जुलाईको १३ देखि २२ सम्म हुनेछ भने यू १५ साफ अक्टोबर एक देखि १० सम्म हुनेछ । यस्तै साफ यू १८ च्याम्पियनसिप अक्टोबर १५ देखि २४ सम्म हुनेछ । साफ च्याम्पियनसिप बाहेक अरु प्रतियोगिताको मिति भने यकिन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी पुरुष यु–१६ इस्ट जोन कपः नेपालद्वारा जापान ९ विकेटले पराजित

काठमाडौं । एसीसी यु-१६ इस्ट जोन कप प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको

एसीसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेटः जापानले नेपाललाई दियो ८१ रनको लक्ष्य

काठमाडौँ । एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतोयोगिताको आफ्नो दोस्रो खेलमा नेपालले

एसीसी यू–१६ क्रिकेटको दोस्रो खेलमा बलिङ गर्दै नेपाल

काठमाडौँ ।मलेसियामा जारी एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत जापानविरुद्धको खेलमा

गण्डकी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता सुरु

दमौली, (तनहुँ)। गण्डकी प्रदेश कबड्डी सङ्घको आयोजना, प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र