भारतले जित्यो दोस्रो टेस्ट



भारतले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट मंगलबार ८ विकेटले जितेको छ । यससँगै भारतले चार टेस्टको शृंखलामा १–१ को बराबरी गरेको छ ।टेस्टको चौथो दिन जितका लागि आफ्नो दोस्रो इनिङ्समा ७० रनको लक्ष्य पाएको भारतले दुई विकेट गुमाएर त्यसलाई प्राप्त गरेको हो ।

भारतका लागि प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले ३५ र कप्तान अजिन्क्य रहानेले २७ रन बनाए । यसअघि अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्समा २ सय रन बनाएर अलआउट भएको थियो । घरेलु टिमले चौथो दिन ६ विकेट गुमाएर १ सय ३३ रनबाट अगाडि खेल्न सुरु गरेको थियो ।

अस्ट्रेलियाले पहिलो इनिङ्समा १ सय ९५ रन बनाएयता भारतले त्यसको जवाफमा ३ सय २६ रन जोडेको थियो । अस्ट्रेलियाले एडिलेडमा भएको पहिलो टेस्ट जितेपछि भारतले रहानेको कप्तानीमा शृंखलामा उत्कृष्ट पुनरागमन गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई