‘सी’ डिभिजन लिग फुटबल चैतमा



काठमाडौं । स्थगित भएको २०७६ सालको शहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सी डिभिजन लिगका पदाधिकारीसँग बिहीबार छलफल गर्दै गत वर्ष चैतमा स्थगित भएको लिग पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण सी डिभिजन लिग स्थगित भएको थियो । गत वर्ष स्थगित भएका घरेलु प्रतियोगिता यस वर्षभित्रै सम्पन्न गरिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

सी डिभिजन लिगको तयारी गर्न एन्फाले प्रत्येक क्लबलाई नौ लाख सहयोग गर्ने भएको छ । यसअघि लिग तयारीका लागि प्रत्येक क्लबलाई एन्फाले सात लाख आर्थिक सहयोग गर्दै आएको थियो । छलफलमा एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, महासचिव ईन्द्रमान तुलाधर, लिग कमिटीका संयोजक विज्ञानराज शर्मालगायत एन्फा पदाधिकारी सहभागी थिए ।

एन्फाले बुधबार मात्र २०७६ सालमा कोरोनाका कारण स्थगित गरिएको सहिद स्मारक ‘बी’ डिभिजन लिग आगामी फागुन ११ गतेदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । नौ महिनाअघि बीचमै रोक्नुपरेको लिगलाई एन्फाको लिग कमिटीले पुनः सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता राईले बताए । लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिनुका साथै सबै खेलाडीको कोरोना परीक्षण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकेश बमको आक्रामक शतक जितका लागि अपर्याप्त, आयरल्याण्ड ए सँग नेपाल पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड ए विरुद्धको पहिलो खेलमा नेपाल ए

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप