सोमपाल, करण र कुशलले यूएईमा हुने टी–टेन लिगमा खेल्ने



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्लले यूएईमा हुने टी–टेन लिगमा खेल्ने भएका छन् । दस ओभरको फ्रेन्चाइज लिगमा उनीहरूले खेल्न लागेको यो पहिलो पल्ट हो ।

बुधबार रातिको ड्राफ्टबाट उनीहरूको अनुबन्ध निश्चित भएको हो । जसमा सोमपालले मराठा अरबियन्स, करणले पुने डेभिल्स र कुशलले टिम आबुधाबीबाट खेल्ने भएका हुन् । सोमपालले यसअघि एक अवसरमा विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् ।

करण र कुशलका लागि यो नयाँ अनुभव हुनेछ । यसअघि यस टी–टेन लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पारस खड्काले खेलिसकेका छन् । पारस आफैं पनि यसपल्ट आबुधाबी टिमको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहने छन् । नयाँ तालिकाअनुसार जनवरी २८ देखि शेख जायद क्रिकेट रंगशालामा लिग सुरु हुनेछ । प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत