तेक्वान्दो खेलाडीलाई पोशाक वितरण



काठमाडौं । नेपाल तेक्वान्दो संघले पारा राष्ट्रिय टिमलाई ट्रयाक सुट तथा खेलपोशाक वितरण गरेको छ ।

बुधबार सातदोबाटोस्थित तेक्वान्दो संघको केन्द्रीय कार्यालयमा कांग्रेसका खेलकुद विभाग प्रमुख मोहन बस्नेतको आतिथ्यतामा पारा राष्ट्रिय टिमका खेलाडीलाई ट्रयाक सुट तथा खेल पोशाक वितरण गरिएको हो । तेक्वान्दो खेलाडी संगीना वैद्य र रवि महर्जनले संयोजन गरेको कार्यक्रममा खेलाडीलाई ट्रयाक, जुत्ता, ब्याग र टिसर्ट प्रदान गरिएको थियो । कार्यक्रममा बस्नेतले खेल र खेलाडीको विकास आफूहरुको प्राथमिकता रहेको बताए ।

तेक्वान्दोकी पूर्वखेलाडी तथा प्रशिक्षक संगीना वैद्यले विभिन्न सहयोगी संस्था तथा व्यक्तिसँग सहकार्य गरेर पारा खेलाडीलाई खेल सामग्री जुटाईएको जानकारी दिइन् । कार्यक्रममा नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले कोरोनाले थला परेको घरेलु खेलकुदको समयमा सराहनीय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

संघका अनुसार बज्र सेक्युरिटीले ट्रयाक, गोदावरीले जुत्ता, स्तम्भ बहुउद्देश्यीय सहकारीले ब्याग र पूर्वकराते खेलाडी विनोद महर्जन र उमेश मल्लले टिसर्ट सहयोग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई

रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध

जनकपुरधाम ।  धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता