आइपीएलमा मुम्बईको छैटौं जित



इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्सले छैटौं जित निकालेको छ । जितसँगै मुम्बई लिगको शिर्ष स्थानमा उक्लिएको छ । उसले शुक्रबार राति भएको खेलमा कोलकाता नाइटराइडर्सलाई ८ विकेटले हरायो । आबुधावी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४८ रन बनायो ।

खराव सुरुवात गरेको कोलकाताले १८ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ३३ रनमा दोस्रो विकेट खेर फालेको उसले ४२ रनमा तेस्रो विकेट गुमायो । उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न सकेनन् । ६१ रन बनाउँदा पाँच विकेट खेर फालेको कोलकाताका लागि अन्तिममा प्याट कुमिन्स र इयोन मोर्गनले सम्हालेका थिए । छैटौं विकेटका लागि उनीहरुले ८७ रनको साझेदारी गरे ।

जसकम मोर्गनले ३९ रन बनाए भने कुमिन्सले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ५३ रन बनाए । जसमा पाँच चौका र दुई छक्का प्रहार गरे । यसका साथै कोलकाताका लागि सुभंम गिलले २१ रन बनाए भने राहुल त्रिपाठीले सात, नितेश रानाले ५, दिनेश कार्तिक चार रनमा आउट भए । यस्तै आन्द्रे रसेलले १२ रनको योगदान गरे । बलिङमा राहुल चाहरले दुई विकेट लिए ।

जवाफमा मुम्बईले १६ ओभर ५ बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३५ रन बनाए भने शुर्यकुमार यादवले १० तथा क्विन्टन डी ककले अविजीत ७८ रन बनाए । जसमा उनले ४३ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । यस्तै हार्दिक पाण्ड्याले २१ रन थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान

जनकपुरधाम । यही मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२०

ताप्लेजुङ प्रथम किरात गोल्डकपको सेमिफाइनलमा

  पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत मंगलबार भएको

ललितपुर र वीरगञ्जको खेल बराबरी

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले

राखेप सदस्य–सचिव र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र यहाँस्थित चिनियाँ