नेपाली फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने



काठमाडौं । नेपाली फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद्ले स्विकृति दिएको छ । बंगलादेश फुटबल टिमले नेपाली फुटबल टिमसँग मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको थियो ।

परिषद्ले आफ्नो तरिकाले एन्फालाई मैत्रीपूर्ण खेलका लागि स्विकृत दिएको हो । यसका लागि नेपाली फुटबल टिमले दशैं र तिहार पछि प्रशिक्षण सुरु गर्ने भएको छ । एन्फाले बंगलादेशसंग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न राखेपबाट अनुमति पाएसंगै अभ्यासका लागि पनि मौका मिलेको हो ।

मैत्रीपूर्ण खेलका लागि अभ्यासको अनुमति माग गर्दै एन्फाले राखेपलाई पटकपटक आग्रह गर्दै आएको थियो । नोभेम्बरको ११ देखि १९ भित्र बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल हुनेछन् । त्यसका लागि दसैंपछि राष्ट्रिय टोलीको अभ्यास थाल्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान

जनकपुरधाम । यही मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२०

ताप्लेजुङ प्रथम किरात गोल्डकपको सेमिफाइनलमा

  पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत मंगलबार भएको

ललितपुर र वीरगञ्जको खेल बराबरी

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले

राखेप सदस्य–सचिव र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र यहाँस्थित चिनियाँ