रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई तीन करोड प्रदान



वागमती । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको लागि वाग्मती प्रदेश सरकारले तीन करोड रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई तीन करोडको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ काम गरेकामा प्रशंसा गर्दै रङ्गशाला निर्माणको गति तीब्र भएकामा खुशी व्यक्त गरे । उनले रङ्गशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना दिए । मुख्यमन्त्री पौडेलले रङ्गशाला निर्माणमा धेरै चुनौतीहरु रहेकाले सबै क्षेत्र मिलेर यसलाई सफल बनाउनुपर्ने उनको भनाइ थियो ।

सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारका तर्फबाट रङ्गशालालाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । फाउन्डेसनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणमा सरकारले सहयोग गरेकामा आभार व्यक्त गर्दै रङ्गशाला निर्माणमा हाल २३३ जनशक्तिले नियमित काम गरिरहेकाले छिटै सम्पन्न गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एलपिएल क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात

सुदूरपश्चिम ।  धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट

नेपाल सुपर लिगमा काठमाडौं र झापाले अंक बाँडे

काठमाडौं । काठमाडौं रेजर्स काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा बराबरीमा रोकिएको छ

सातौं दक्षिण एसियाली करातेमा नेपाललाई २९ स्वर्ण

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २९ स्वर्ण पदक जित्दै च्याम्पियन

तिजोक पाँचथरलाई आत्मानन्द गोल्डकपको उपाधि

फिक्कल ।  इलामको माङसेबुङमा सञ्चालित १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकपको उपाधि तिजोक