बार्सिलोनाद्वारा मुख्य प्रशिक्षक सेटेन बर्खास्त



स्पेनिस क्लब बार्सिलोनाले आफ्ना मुख्य प्रशिक्षक सेटेनलाई बर्खास्त गरेको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले सेटेनलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको पुष्टि गरेका छन् ।

सेटेनलाई जनवरीमा अर्नेस्टो भाल्भर्डेको स्थानमा बार्सिलोनाले क्लबको मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो । तर, शुक्रबार च्याम्पियन्स लिगअन्तर्गत जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखसँगको ८–२ गोलको लज्जास्पद हारपछि प्रशिक्षकबाट हटाउने निर्णय गरेको जनाएको छ ।

अब उनको स्थानमा पूर्वडिफेन्डर रोनाल्ड कोइम्यानलाई बार्सिलोनाको अर्को प्रशिक्षकका रूपमा अनुबन्ध गर्ने तयारी छ । उनी यसअघि पनि बार्सिलोनाको प्रशिक्षक बन्न सक्ने बताइए पनि रोनाल्डलाई पछि पार्दै सेटेनलाई प्रशिक्षकमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पारस खड्का आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ

शुक्रबारदेखि सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै

काठमाडौं । नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ ।

गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको

‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा नेपालले सहभागिता जनाउने

पोखरा । भारतको महाराष्ट्रमा आगामी डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने २५औँ